Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज एमालेको सचिवालय बैठक बस्दै

आज एमालेको सचिवालय बैठक बस्दै

दैनिकी न्यूज

२०, पौष २०८०
आज एमालेको सचिवालय बैठक बस्दै
images

ललितपुर । नेकपा (एमाले) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने एमालेले जनाएको छ।

बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

राष्ट्रियसभाको आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको २० सिटका लागि आगामी माघ ११ गते चिर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारुढ गठबन्धनका दलबीच सहकार्य हुने चर्चा छ।

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - ०७:४८:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology