Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

दैनिकी न्यूज

५, पौष २०८०
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बिहीबार) बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण प्रभावित भएपछि आज बस्न लागेको हो।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुनेछ ।

पदाधिकारी बैठक मंगलबारबाट शुरु भएको हो। मंगलबार अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचन, पार्टीको रूपान्तरण अभियान, विधान सम्मेलन, एकता समायोजन लगायत समसामयिक विषयका बारेमा ब्रिफिङ गरेका थिए ।

उनले चार महिने अभियानको समीक्षा र विधान सम्मेलनलाई मुख्य एजेण्डाका रूपमा बैठकमा पेश गरेका थिए। बैठकमा सातै प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए।

images
प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - ०८:३१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology