Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

दैनिकी न्यूज

३, पौष २०८०
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
images

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक मंगलबार बस्दैछ।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादी केन्द्रले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताए।

images
प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - १०:०६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology