Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

शहीद भूमिमा नमूना श्रमदान

शहीद भूमिमा नमूना श्रमदान

दैनिकी न्यूज

२४, मंसिर २०८०
शहीद भूमिमा नमूना श्रमदान
images

धनकुटा । लोकरिझ्याँइ, स्टण्टबाजीका लागि जनश्रमदानको ‘फण्डा’ त देशभरी नै हुँदै आएका छन् । तर दीर्घकालीन स्थायी समस्या समाधान हेतु गरिने श्रम विरलै हुन्छन । यस्तै श्रमदान र जनसहभागितामा काकाकुल भएको शहीद भूमीमा खानेपानीको स्थायी समाधान गरिएको छ ।

धनकुटा जिल्लाको शहीद भूमी गाउँपालिकास्थित चर्चित छिन्ताङ क्षेत्रको पूर्वी भेगमा पिउनेपानीको सहज आपूर्ति हुन थालेको छ । पिउने पानीको गर्जो टार्न घण्टौ पैदल हिँड्नु पर्ने नियतीको अन्त्य भएको छ । गएको वर्ष २०७९ साल माघ ३० गतेदेखि पानी योजनाको श्रमदान गत जेठ १४ गतेसम्म निर्वाध भएको थियो । यो परियोजना सम्पन्न भएपछि छिन्ताङको माथिल्लो भौगोलिक क्षेत्रमा जहाँ ऐतिहासिक शहीद पार्क छ त्यहाँ खानेपानी पुगेको छ । यसरी नै यो योजनाबाट शहीद पार्कको अतिरिक्त पञ्चकन्या बजार, ठूलो बुधबारे बजार, शहीद स्मारक प्रावि र विभिन्न अवसरमा लाग्ने बादाङ्मी, तुर्कीको मेला लाग्ने ठाउँ र त्यस वरपरका गाउँलाइ पनि पानीको अभाव टरेको छ ।

364817525_840544464461258_6326858852646184949_n.jpg

शहीद भूमी गाउँ पालिकाको वडा नं. ३ स्थित छिन्ताङदेखि करिव १० किलोमिटर टाढाको तारेभिरबाट पानी ल्याइएको हो । यो योजनामा औसत १४ सय जनाले श्रमदानमा सहभागिता जनाएका थिए । भू तथा जलाधारको ४ लाख आर्थिक सहयोग र बाँकी सबै जनश्रमदानबाट काम सम्पन्न भएको हो । जनश्रमदानको न्युनतम मूल्य भने ५ लाख ५० हजार बराबर भएको श्रम मरुल्याङ्कन गरिएको छ । सात जना मिस्त्रि बाहेक सबैले जनश्रमदानमा भाग लिएका हुन । मिस्त्र बाहेक सबै गाउँले श्रमदानमा जुटेको जानकारी अभियानकर्ता ध्रुब ‘धनकुटा’ले जानकारी गराएका छन ।

393085383_892412005631866_810953602906619224_n.jpg

यो योजनामा मुहान संरक्षण, पक्की पानी टंकी निर्माण, गेटसहीतको घेराबारा, सिँढी निर्माण र वृक्षरोपण परेका छन । यो योजना सम्पन्न भएपछि छिन्ताङ पूर्वी भेगमा खानेपानीको समस्या सदाको लागि टरेको छ । र यो क्षेत्रलाइ अतिक्रमित जलाधार क्षेत्रको रुपमा विकास गर्ने लक्ष लिएको परियोजनाकारले बताएका छन् । यो योजनाको सफलताबाट उत्साहित अभियानकर्ताले धनकुटा जिल्ला भरिकै खानेपानी अभाव भएको स्थानहरुमा श्रमदान र जनसहभागिताबाट खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने निधो गरेका छन् ।

प्रत्येक दिन सरसफाइः
यसरी नै जनश्रमदानकै माध्यमबाट गाउँ सफाइ अभियानले पनि निरन्तरता पाउन थालेको छ । शहीद पार्क, पञ्चकन्या बजार, बुधबारे बजार, वडा कार्यालय परिसर र तीन तर्फको पैदल सडकहर नियमित सफाइ गर्ने गरिएको छ । सार्वजनिक धारा, सामुदायिक विद्यालयहरु, छिन्ताङ देवी मन्दीरको सफाइ योजनाबद्ध र नियमित हुने गरेको छ । शहीद भूमीपछि सफाइ अभियानलाइ अन्यत्र पनि गर्दै लैजाने श्रमदानका अगुवाले बताएका छन् ।

यस्तै अभियान अगुवाले धनकुटाभरि पिउने पानीको समाधान, सरसफाइ तथा व्यवस्थापन, सबैखाले भ्रष्टाचार, विकृति र विसंगतिहरु, लागू औषध, तस्कर, ठगी, सबैखाले उत्पीडन आदिको विरुद्ध र अर्गानिक कृषि उत्पादन र आत्मनिर्भर,आयातमा निरुत्साहित र निर्यातमा जोड,सामुदायिक विद्यालय हरुमा सुधार आदि थुप्रैमा प्रचार माइकिङ र कोण सभा गर्दै आएका छन् ।

401057541_1371268526858128_6934551673948111245_n.jpg

अभियानकर्ताको उद्घोष यस्तो छ, ‘जुन हामीले पहिला धनकुटा जिल्लाको सहिदभूमि गापा अन्तर्गत देशकै ऐतिहासिक तथा चर्चित छिन्ताङ्गमा रहेको देशकै सबैभन्दा ठूलो सहिदपार्क, छिताङ्ग देवी मन्दिर, पाताल आदि भएको वडा ३ बाट प्रारम्भ गरेका छौँ क्रमिक रुपमा बाहिर निस्कदैछौँ ।’ श्रम संस्कृतिको विकास गर्ने रुपरेखा पनि कोरी सकेको बताउँदै अभियानका अगुवा भन्छन, ‘वस्तुवादी, पारदर्शी, मितव्ययी, निष्पक्ष ढंगले श्रम संस्कृतिको विकासको काम गर्छांै ।’

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - ०९:४२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology