काठमाडौं । काठमाडौँ जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। शुक्रबार म्याद थप गर्न अदालतमा पेश गरिएकामा जिल्ला न्यायाधीश दन्डपाणि शर्माको आदेशले थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।
अन्य पक्राउ परेकाको हकमा भने म्याद थप भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।
नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले उनीहरूलाई बिहीबार पक्राउ गरेको थियो । अन्य पाँच जना चिकित्सकलाई म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको छ । दुई जनालाई पाँच र तीन जनालाई सात दिनको म्याद थप भएको पनि सिआइबीले जनाएको छ ।