Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

दोहोर्‍याएर कोरिया जाने विषयमा सहमति

दोहोर्‍याएर कोरिया जाने विषयमा सहमति

दैनिकी न्यूज

१३, श्रावण २०८०
दोहोर्‍याएर कोरिया जाने विषयमा सहमति
images

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ कोरिया, इपिएस शाखाबिच सहमति भएको हो ।

विगत केही महिनादेखि इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्किएकाले रोस्टरमा भएका श्रमिकलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सहमति अनुसार सिबिटी परीक्षासम्बन्धी सूचनाको आधारमा इपिएस कोरिया शाखा र कोरियाबाट फर्केका समूहबिच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सिबिटी परीक्षा फर्केकाका लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने छन् । कोरियाबाट फर्केका समूहले कार्यालयमा पेस गरेका मागलाई श्रम मन्त्रालय मार्फत कूटनीतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ । सो शाखाका अनुसार चार वर्ष १० महिना दक्षिण कोरियामा काम गरेर फर्केकाले सन् २०२२ मा पुनः परीक्षा दिएर उत्र्तीण भई कोरिया जान प्रतीक्षारत थिए । कोरियाबाट फर्किएर पुनः जानका लागि प्रतीक्षारतको सङ्ख्या तीन हजार पाँच सयदेखि चार हजार रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०८० शनिवार - ०७:०२:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology