Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नारायणगढ-मुग्लिन सडकको पहाड काट्न कात्तिकपछि मात्र विस्फोट

नारायणगढ-मुग्लिन सडकको पहाड काट्न कात्तिकपछि मात्र विस्फोट

दैनिकी न्यूज

२४, बैशाख २०८०
नारायणगढ-मुग्लिन सडकको पहाड काट्न कात्तिकपछि मात्र विस्फोट
images

चितवन । नारायणगढ-मुग्लिन सडकका पहाड तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनापछि मात्र बिस्फोट गरिने भएको हो।

नारायणगढ(मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भने, ुपहाड फोर्नका लागि सानो प्वाल खोलेर बारुद राख्नुपर्ने हुन्छ तर अहिले वर्षात् सुरु हुन लागेका कारण सो सम्भव हुँदैन। त्यसैले आगामी कात्तिकपछि मात्र बिस्फोटको काम हुनेछ ।ु

बिस्फोट गर्न बारुदको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ मुग्लिन सडक आयोजनाको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ।

पुलसँगै रहेको पहाड काट्न बिस्फोट नै गर्नुपर्ने हुन्छ। बारुद खरिद प्रक्रियामा ढिलाइ हुँदा समस्या भएको हो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - ०६:३२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology