Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर थप १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज देशभर थप १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिकी न्यूज

३०, चैत्र २०७९
आज देशभर थप १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । एक हजार चार सय ८८ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच २४ घण्टामा ३१ हजार पाँच सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ३५ रहेको मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यकामा २७ जना आइसोलेसन, १२ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १५:१२:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology