Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादीले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने

माओवादीले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने

दैनिकी न्यूज

२३, फाल्गुण २०७९
माओवादीले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने
images

काठमाडौं । पूर्वमाओवादी घटक दलको संयुक्त बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अघि बढ्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै संक्रमणकालिन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउने समझदारी भएको छ। यी काम चाँडै सम्पन्न गराउन र कार्यान्वयनका लागि आवश्यक ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बैठकले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहने निर्णय गरेको छ।

आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी तथा माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाललगायतको सहभागित रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - ११:१७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology