Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

क्रिकेटर लामिछाने विदेशमा क्रिकेट खेल्न पाउने

क्रिकेटर लामिछाने विदेशमा क्रिकेट खेल्न पाउने

दैनिकी न्यूज

१५, फाल्गुण २०७९
क्रिकेटर लामिछाने विदेशमा क्रिकेट खेल्न पाउने
images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेशमा क्रिकेट खेल्न पाउने भएका छन् । सर्वोच्च अदालतले आज (सोमबार) उनको पक्षमा सुनुवाई गर्दै फुकुवा गरेपछि उनले खेल खेल्न पाउने भएका हुन् ।

यसअघि पाटन उच्च अदालतले विदेशमा खेल खेल्न जान प्रतिवन्ध लगाएको थियो । सर्वोच्च अदालतले आज त्यसलाई फुकुवा गरेको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छोड्ने पुस २८ गतेको उच्च अदालतको आदेश सदर गरेको छ ।

सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ । सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनु पर्नेछ । यस शर्तको उल्लङ्घन गरेमा यो सुविधा फिर्ता लिने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ ।

अदालतले फास्ट ट्रयाकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - १९:४१:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology