Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

दैनिकी न्यूज

१५, फाल्गुण २०७९
एमाले सचिवालय बैठक बस्दै
images

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सोमबार बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो।

परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशमा रोकिएकोबारे सचिवालय बैठकमा छलफल हुनेछ।

त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने नेकपा एमालेको केन्द्रीय कार्यालयले जनाएको छ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - ०९:३९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology