Logo

शनिवार, आश्विन २४ गते २०८३

images

उपप्रधानमन्त्री नारायणकाजी चितवनमा, सडक डिभिजन कार्यालयको निरिक्षण

उपप्रधानमन्त्री नारायणकाजी चितवनमा, सडक डिभिजन कार्यालयको निरिक्षण

दैनिकी न्यूज

२, माघ २०७९
उपप्रधानमन्त्री नारायणकाजी चितवनमा, सडक डिभिजन कार्यालयको निरिक्षण
images

चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सडक डिभिजन कार्यालय चितवनको निरिक्षण गरेका छन् । चितवनमा निर्माण भइरहेको विकास आयोजनाहरुको निरिक्षण तथा विभिन्न कार्यक्रममा सहभागि हुन आज साँझ चितवन आएका मन्त्री श्रेष्ठले सडक डिभिजन कार्यालयको निरिक्षण गरेका हुन् ।

मन्त्री श्रेष्ठले यहाँ परेका आयोजनाहरु छिटो भन्दा छिटो मादण्ड पालना गरि गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्र्रमुखलाई निर्देशन दिए ।

चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउन अभियान सुरु गर्न आफु चितवन आएको उनले बताए । साथै उनले देशभरका योजनाहरु समयै सम्पन्न गराउन अनुगमन र निरिक्षणलाई आफुले तीव्र बनाइने बताए ।

उपप्रधमन्त्री श्रेष्ठले भोली चितवनको सिक्स ल्याण्ड सडक, वाइपास सडक, हुलाकी सडक, मुग्लिन –नारायणगढ सडक, नारायणी नदी तटबन्धन र नारायणी नदीमा निर्माण हुन गईरहेको सिग्नेचर ब्रीचको स्थलगत निरिक्षणसमेत गर्ने जनाएको छ।

उनी भोली श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा पनि सहभागि हुने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :माघ २, २०७९ सोमवार - २०:५९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology