Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

दैनिकी न्यूज

१८, पौष २०७९
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
images

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज (सोमबार) बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्दैछ।

शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले आज पोलिटब्यूरो बैठक बोलाइएको हो।

स्थायी कमिटीमा सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धार देखिएपछि बृहत् छलफल गरेर निर्णय लिन पोलिटब्यूरो बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्नेलगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको थियो।

बैठकमा अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए।

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०८:०७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology