काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।
पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ । एकीकृत समाजवादीका १० जना सांसद छन् ।