Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन

दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन

दैनिकी न्यूज

१५, मंसिर २०७९
दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन
images

काठमाडौं । दोलखा जिल्लाका १० वटा केन्द्रमा आज (बिहीबार) मतदान हुँदैछ। गत मंसिर ४ गते भएको मतदानका क्रममा विवाद उत्पन्न भएपछि रद्द गरी निर्वाचन आयोगले बिहीबार मतदान गराउन लागेको हो। चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको छ ।

यही मंसिर ११ गते बसेको आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

यस्तै वैत्यश्वर– ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदान पनि रद्द गरी पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको थियो।

अघिल्लो मतदानका क्रममा विवाद भएका कारण यो पटक मतदानस्थलको सुरक्षा कडा बनाएको आयोगले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०७:३२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology