Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक र सचिवले दिए राजिनामा

माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक र सचिवले दिए राजिनामा

केशव घिमिरे

१२, मंसिर २०७९
माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक र सचिवले दिए राजिनामा
images

ललितपुर । नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दिपक पुलामीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभामा माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन नसकेको भन्दै राजिनामा दिएका हुन् ।

आइतबार संयोजक कट्टेल र सचिव पुलामीले माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेललाई भेटेर राजिनामा पत्र बुझाएका हुन् ।

मंसिर ४ गते भएको ललितपुर–३ मा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसाल चुनावी प्रतिस्पर्धामा थिइन भने केन्द्रीय सदस्य हरि दाहाल ललितपुर–१ (क) र राजकाजी महर्जन ललितपुर–३(क) मा उम्मेदवारी दिएका थिए ।

images
प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - ०७:४०:३१ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology