Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

दैनिकी न्यूज

११, मंसिर २०७९
कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो
images

कालीकोट । कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मत गणना शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो।

प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (एमाले) दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन्। जिल्लामा निर्वाचनको मतगणना सकिएर नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।

मुख्य निर्वाचन कार्यालयका अनुसार माओवादीले प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ हजार दुई सय २९ र प्रदेशसभातर्फ १५ हजार दुई सय ५१ मत पाएको छ।

एमालेले प्रतिनिधिसभातर्फ १२ हजार पाँच सय ६४ र प्रदेशसभातर्फ १२ हजार तीन सय ३९ मत पाएको छ । कांग्रेसले प्रतिनिधिसभामा १० हजार पाँच सय ८५ र प्रदेशसभातर्फ नौ हजार २० मत समानुपातिकमा पाएको छ।

त्यसैगरी नेकपा ९एकीकृत समाजवादी०ले प्रतिनिधिसभातर्फ दुई हजार ५६, प्रदेशसभामा दुई हजार एक सय २१, नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा एक हजार दुई ४०, प्रदेशसभामा एक हजार पाँच सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा एक हजार दुई सय ७३, प्रदेशसभामा एक हजार आठ सय ८२ मत पाएको छ।

जिल्लामा प्रतिनिधिसभामा उम्मेदवार नउठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ छ सय एक मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा ४६ हजार छ सय ६९ मत खसेको मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिए। रासस

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०८:१५:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology