काठमाडौं । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी भएका छन्। बिराज भक्तले १० हजार १०५ मत ल्याएर विजयी भएका छन्। उनका निकतम् प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १४७ मत ल्याएका छन्।
विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए।
यता सत्ता गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठ तेस्रो बनेका छन्। एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ४ हजार ८७७ मत प्राप्त गरेका छन्।