Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
images

काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् ।

सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरे ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) का उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाइन् ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०७:४१:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology