Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो

निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो

दैनिकी न्यूज

१, मंसिर २०७९
निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो
images

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् । ट्राफिक प्रहरीले पछिल्ला दिन गाडी रिजर्भ गरेर जानेको सङ्ख्यासमेत बढेको जनाएको छ । निर्वाचन मुखमा विभिन्न राजनीतिक दलले मतदातालाई गाडी रिजर्भ गरेर लैजाने गरेको पाइएको छ । यातायात व्यवसायीका अनुसार हिजो बुधबार र आज बिहीबार काठमाडौँ उपत्यकाबाहिर जाने बस बढी मात्रमा रिजर्भ भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०७:१५:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology