Logo

आइतवार, आश्विन २५ गते २०८३

images

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

दैनिकी न्यूज

२०, कार्तिक २०७९
२ अर्ब रुपैयाँको हतियार किन्दै सेना
images

काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ।

यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ। सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ,' स्रोतले भन्यो । दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा अमेरिका पठाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण बाधा परेपछि रोकिएको सेनाले जनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ०६:४७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology