Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मंसिर १ देखि सवारी लाइसेन्सको आवेदन बन्द हुँदै

मंसिर १ देखि सवारी लाइसेन्सको आवेदन बन्द हुँदै

दैनिकी न्यूज

१९, कार्तिक २०७९
मंसिर १ देखि सवारी लाइसेन्सको आवेदन बन्द हुँदै
images

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात ब्यबस्था विभागले आगामी मङ्सिर १ गतेदेखि अनिश्चितकालको लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द हुने जनाएको छ।

विभागले आगामी मङ्सिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द हुने जनाएको हो। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनुपर्ने भएकोले मिति २०७९ मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि विभागबाट संचालित सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने विभागले जनाएको छ ।

यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको विभागले उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०६:४३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology