Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, कार्तिक २०७९
आज देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२ एन्टीजेन परिक्षण गर्दा ४ गरी जम्मा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा २९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ९२४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०५ जना रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७९ शुक्रवार - १९:४४:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology