Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, कार्तिक २०७९
आज देशभर ४६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार पाँच सय १० जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १७ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ३६ जना पुगेको छ । यस्तै थप ७० हजार नौ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा गएको साउनपछि डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४९ जना पुगेको छ । ४१ हजार सात सय ४३ जनामा डेङ्गी पुष्टि भएकोमा ४९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - १९:०९:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology