Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान

पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान

दैनिकी न्यूज

३१, आश्विन २०७९
पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान
images

काठमाडौँ । मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले समानुुपातिकतर्फ उम्मेदवार बनेकाले जरिवाना रकम बुझाउने समयसीमा बढाएको छ। जरिवाना बुझाउन बाँकी रहेका समानुपातिक उम्मेदवारले आउँदो कात्तिक ५ गतेसम्म बुझाउनसक्ने गरी आयोगले समयसीमा बढाएको हो। उक्त समयसीमाभित्र पनि जरिवाना नबुझाए कानुनबमोजिम बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मन्त्रीलाई स्पष्टीकरण
सहरी विकासमन्त्री मेटमणि चौधरीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। बाढीपीडितको नाममा शनिबार चामल बाँडेकोप्रति ध्यानाकर्षण भएको भन्दै आइतबार आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो।

‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने’’ भन्ने आचारसंहिताको व्यवस्था उल्लेख गर्दै स्पष्टीकरणमा भनिएको छ, ‘‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ रु”

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहितामा ‘‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन,’’ भन्ने व्यवस्था रहेकोमा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्वसहमति प्राप्त गर्नुभएको छ, छैन रु भन्ने प्रश्नसमेत आयोगले गरेको जनाइएको छ।

प्रचारप्रसार १७ दिनअघि मात्रै
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले तत्काल प्रचारप्रसारका लागि सभा, गोष्ठी, अन्तक्र्रिया वा जुलुसजस्ता कार्यक्रम गर्न नपाउने बताएको छ। निर्वाचन आयोगमा आचारसंहितासमेत हेर्नुहुने आयुक्त रामप्रसाद भण्डारीले मतदानको दिन आउनुभन्दा १७ दिनअघिदेखि मात्र उम्मेदवारले यस्ता कार्यक्रम गर्न पाइने बताउनुभयो।

उहाँका अनुसार हाललाई उम्मेदवार तथा दलहरूले घरदैलो कार्यक्रममा जाँदा पनि २५ जनाभन्दा धेरैको समूह बनाउन पाउने छैनन्। घरदैलोमा जाँदा १० वटाभन्दा बढी झन्डा प्रयोग गर्न नपाइने उहाँले बताउनुभयो। ‘‘यदि यस्तो गरेको पाइएमा त्यस्तो कार्य आचारसंहिताविपरीत हुनेछ। दलहरूले कात्तिक १८ गतेदेखि मात्र प्रचारप्रसारका काम गर्न पाउनुहुने छन्,” उहाँले भन्नुभयो, ‘‘यो हामीले मात्र बनाएको नीति हैन, राजनीतिक दलहरूकै परामर्शमा बनेको हो।”

घरदैलोमा जाने उम्मेदवारले बाजागाजा बजाउने, भोजभतेर गर्ने, नाचगान गर्ने काम पनि आचारसंहिताविपरीत हुन्छ। ‘‘हामीकहाँ आचारसंहिता उल्लङ्घनका यस्ता थुप्रै उजुरी परेको छ। कतिपय उम्मेदवारले खाडीका लागि उधारो भिसासमेत बाँडिरहनुभएको उजुरी परेको छ,” भण्डारीले भन्नुभयो, ‘‘दर्जनौँलाई स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने प्रक्रिया पनि सुरु गरिसकेका छौँ।” आचारसंहिता उल्लङ्घन गरेमा आयोगले स्पष्टीकरण सोध्नुका साथै उम्मेदवारी रद्द गर्नेसम्मको कारबाही गर्नसक्ने प्रावधान छ।

प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको चिह्न वा प्रचार हुने टिसर्ट वा कुनै पनि प्रकारको ट्याग लगाउन नपाइने भण्डारीले बताउनुभयो। घरदैलो तथा भेटघाट भने गर्न पाइने छ।

‘‘अहिलेको चुनावमा जित्ने उम्मेदवारहरूले भोलि नीति, नियम, कानुन बनाउने हो,” उहाँले भन्नुभयो, ‘‘त्यस्तो व्यक्तिले अहिलेदेखि नै निर्धारित कानुन मान्नुभएन वा मान्दिनँ भन्नुभयो भने भोलि कसरी कानुन बनाउनुहोला रु”

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र
आयोगका अनुसार निर्वाचनका लागि आइतबारसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकिएको छ। छपाइ भएकामध्ये प्रदेश सभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - ०७:३३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology