Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन

सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन

दैनिकी न्यूज

२६, आश्विन २०७९
सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् ।

महासचिव डा भुसालले विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बताएका छन् । निर्धारित समय सीमाभित्र उम्मेदवारी फिर्ता गरी साङ्गठानिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरे ।


निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय तोकेको छ । यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो । रासस

images
प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १०:५४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology