Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, आश्विन २०७९
आज देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ७५ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६६ जना कोरोना संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या आठ सय ८९ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

images
प्रकाशित मिति :आश्विन १६, २०७९ आइतवार - २२:१९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology