Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आगामी चुनावमा माओवादीले काठमाडौंका २० जनवर्गीय संगठन परिचालन गर्ने

आगामी चुनावमा माओवादीले काठमाडौंका २० जनवर्गीय संगठन परिचालन गर्ने

राजु नेपाल

१५, आश्विन २०७९
आगामी चुनावमा माओवादीले काठमाडौंका २० जनवर्गीय संगठन परिचालन गर्ने
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौं जिल्ला भित्र क्रियाशील २० जनवर्गीय संगठनलाई आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा प्रभावकारी ढङ्गले परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टीको काठमाडौं जिल्ला समन्वय समितिले शुक्रबार सबै जनवर्गीय संगठनका अध्यक्षहरुसँग बैठक बसी सो निर्णय लिएको हो । माओवादीको काठमाडौं जिल्ला समन्वय समिति संयोजक उमेश स्थापितका अनुसार शुक्रबार सम्पन्न किसान, महिला, शिक्षक, व्यापार, नेवा, युवा, खेलकुद, विद्यार्थी, संचारलगायत क्षेत्रमा रहेका जनवर्गीय संगठनका काठमाडौं कमिटी अध्यक्षहरुसँगको भेलाले आगामी निर्वाचनमा पार्टीका पक्षमा प्रचार प्रसार गर्नेगरी खट्ने÷खटाउने निर्णय भएको हो ।

‘हामीले विगतको निर्वाचनबाट पाठ सिक्दै यसपटक गाउँनगरसम्मका कमिटीलाई निर्वाचनमा परिचालन गर्नुपर्ने आवश्यकता छ, घर घरमा पुगेर मतदातलाई भेट्ने गरी प्रचार–प्रसारमा लाग्ने निर्णय भएको छ’ स्थापितले भने । उनले सबै जनवर्गीय संगठनलाई निर्वाचनमा कस्तो भूमिका खेल्ने भन्ने बारेमा जिम्मेवारीसमेत तोकिएको र दशैंपछि प्रचार प्रसारमा लाग्ने निर्णय भएको बताए ।

भेलामा पार्टीको काठमाडौं जिल्ला सह–इन्चार्ज तथा केन्द्रिय सदस्य पावर्ती थापाले जनवर्गीय संगठनलाई मतदाता शिक्षासँग जोड्नुपर्ने आवश्यकता रहेको बताएको थिईन् । ‘हामीले विगतमा चुनाव प्रचार गर्दा बाटोमा हिड्ने र ¥याली गर्ने ग¥यांै । अब प्रत्येक घरमा पुगेर पार्टी र सरकारले गरेका राम्रा कामहरुबारे बुझाउनुपर्छ’ उनले भनिन् ।

त्यस्तै काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेलले जनआधातिर पार्टी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले सबै जनवर्गीय संगठनलाई एकताबद्ध बनाएर चुनावमा परिचालन गर्ने निर्णय भएको बताए ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ११:१२:३८ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology