काठमाडौं । कागेश्वरी दुग्ध उत्पादन सहकारी सस्थाको १५ औं सााधारण सभा आज सम्पन्न भएको छ।
१३ बुँदे भावि कार्ययोजना सहित सम्पन्न साधारणसभाले सुत्केरी गाई तथा भैसीलाई १ हजारका दरले सुत्केरी भत्ता दिने कार्ययोजना पनि ल्याएको छ । साधारणसभाले शेयरधनी किसानलाई ३ लाख सम्मको दुर्घटनामा बिमा, निःशुल्क पशु बिमा, दुग्ध उद्योग सञ्चालन, दुग्ध सङ्कलन केन्द्र बिस्तार घाँस खेती कार्यक्रम, सुलभ कृषि कर्जाको ब्यबस्था, दुधमा अनुदान, शेयर सदस्यको मृत्युमा राहत वितरण, उत्कृष्ट किसानलाई पुरस्कारजस्ता कार्यक्रम अघि सारेको छ।
२ सय नब्बे शेयरधनी रहेको यश सस्थाका सदस्यहरुले प्रतिदिन १ हजार लिटर दूध सङ्कल गर्दै आएको छ।
सस्थाका सचिव राजकुमार चौलागाईंले सञ्चालन, रविशरण थापाको सभापतित्वमा शुरुभएको कार्यक्रममा वडा अध्यक्ष मुकुन्द गजुरेल र पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदीले शुभकामना मन्तब्य राखेका थिए ।