Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

दैनिकी न्यूज

७, आश्विन २०७९
काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र
images

काठमाडौं । टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।

उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे ।

अदालतका कर्मचारीले काठमाण्डौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०६:२६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology