Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ५९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, आश्विन २०७९
आज देशभर ५९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५९ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ८८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ७५३ जनाको पिसिआर र एक हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १८३० जना सक्रिय संक्रमित छन्।

१६१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :आश्विन २, २०७९ आइतवार - १७:१५:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology