Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

आज देशभर १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

दैनिकी न्यूज

२७, भाद्र २०७९
आज देशभर १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२७ एन्टीजेन परिक्षण गर्दा ५२ गरी जम्मा १७९ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १७१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ९५९ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - २१:३३:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology