Logo

आइतवार, आश्विन २५ गते २०८३

images

राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आयो'

राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आयो'

दैनिकी न्यूज

२७, भाद्र २०७९
राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आयो'
images

काठमाडौंं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गरे। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गरे। समितिको बयानमा जबराले भने, “राजीनामा दिए हामी सहजीकरण गछौँ । फिर्ता लिन्छौँ । एक डेढ महिना तपाईं काम गर्नुस्, त्यसपछि दीपक कार्कीलाई दिए हुन्छ भनेर त पोलिटिकल पार्टीका नेताहरू मकहाँ आएकै हुन् । मैले यो सार्वजनिक रूपमा खोलेको छु । मैले त खोलेको छु । तर यति हदसम्म जाँदा आज न्यायालय त ध्वस्त भयो, फेरि राजनीति पनि ध्वस्त नहोस् । सोध्ने हो भने नेपाली कांग्रेसको डिनाजीलाई सोध्नुस् । प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर आएको हो, हामी सबै फिर्ता लिन्छौँ । मिलाएर फिर्ता लिन्छौँ भन्नुभएको हो । मेरै क्वार्टरमा आएर भन्नुभएको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०६:४७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology