Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निर्वाचनमा धाँधलीको मुद्दा पाँच वर्ष बित्दा पनि टुङ्गिन सकेन

निर्वाचनमा धाँधलीको मुद्दा पाँच वर्ष बित्दा पनि टुङ्गिन सकेन

दैनिकी न्यूज

२०, भाद्र २०७९
निर्वाचनमा धाँधलीको मुद्दा पाँच वर्ष बित्दा पनि टुङ्गिन सकेन
images

काठमाडौं । २०७४ सालमा निर्वाचनमा धाँधली भएको भन्दै दायर गरेका उम्मेदवारको मुद्दाको सुनुवाइ पाँच वर्ष बित्न लाग्दासमेत टुङ्गिन सकेको छैन । २०७४ साल मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निर्वाचित भए । उनले वामगठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजित गरे । गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।

मतगणनाका क्रममा आफ्ना प्रतिनिधिलाई बाहिर निकालेर राज्य संयन्त्रको दुरुपयोग गरी गच्छदारलाई विजयी घोषणा गरिएको दाबी गर्दै चौधरीले मुद्दा हालिन् । सोही आरोपसहित उनले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दा संवैधानिक इजलासमा पुग्यो तर आजसम्म किनारा लाग्न सकेन । २६ पटक पेसी तोकिएको सो मुद्दा संवैधानिक इजलासमा १० पटक हेर्न नभ्याइनेमा पर्‍यो । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - ०६:३४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology