Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २७१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २७१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, भाद्र २०७९
आज देशभर २७१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप २७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

३ हजार ९२० को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २४८५ जनाको पिसिआर परीक्षण गर्दा २२४ र १४३५ जनाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो।

१७५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३१९४ जना सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - १७:२७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology