Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४८७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४८७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, भाद्र २०७९
आज देशभर ४८७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४८७ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

१८०६ जनाको पिसिआर र २३७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२९८ जना सक्रिय संक्रमित छन्।

१६४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७९ बुधवार - १८:४७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology