Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

दैनिकी न्यूज

३, भाद्र २०७९
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
images

काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ।

यसअघि हिजो बोलाइएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो। माओवादी केन्द्रको बैठक बुधबार पनि बसेको थियो।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो। तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन।

images
प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - ०९:१८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology