Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ७८१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ७८१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, श्रावण २०७९
आज देशभर ७८१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७८१ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार २९० जनाको पिसिआर र दुई हजार ४२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७७२ जना सक्रिय संक्रमित छन्।

५११ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - २०:२८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology