Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज देशभर ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

दैनिकी न्यूज

२१, श्रावण २०७९
आज देशभर ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप ६६० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ६८२ जनाको कोरोना परीक्षण गर्द ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार एक हजार ९४२ जनाको पिसिआर गर्दा ३२६ जनामा संक्रमण र २ हजार ७४० जनाको एन्टिजेन परीक्षण गर्दा ३३४ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्‍टामा एक जनाले ज्यान समेत गुमाएका छन्।

यस्तै ४४४ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - १६:५२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology