Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल, मन्त्री श्रेष्ठकै रूचिअनुसार सचिवालयबाट मोलमोलाई

सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल, मन्त्री श्रेष्ठकै रूचिअनुसार सचिवालयबाट मोलमोलाई

दैनिकी न्यूज

१३, श्रावण २०७९
सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल, मन्त्री श्रेष्ठकै रूचिअनुसार सचिवालयबाट मोलमोलाई
images

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै परम्परा हो ।

मन्त्रीका सचिवालयले त्यसलाई पच्छ्याउँदै आर्थिक संकलनमा जुटेका हुन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दै आइरहेको छ । बुधबार मात्रै ६० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा मन्त्रालयमा लाखौंको चलखेल भएको स्रोतको दाबी छ ।

अझै ठूलो संख्यामा सरुवा हुनेको सूची बन्नेक्रममा रहेको बताइएको छ । एकपटक भएका दर्जनौं सरुवा संशोधन गर्दै रकम उठाइएको छ । आकर्षक निकायका रूपमा रहेका विभिन्न स्थानीय तहमा जान पैसाको व्यापक मोलमोलाई भइरहेको स्रोतको दाबी छ । मन्त्रालयमा सरुवा माग्नेको भीड थामिनसक्नु छ । ‘सरुवामा भएको चलखेल’’बारे मन्त्री श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनी बिहीबार रातको ९ः३० बजे ‘पार्टीको मिटिङमा व्यस्त छु’ भन्दै सम्पर्कमा आउन चाहेनन् ।

मन्त्रीको सचिवालयकै कर्मचारीको रूचिअनुसार नभएपछि मन्त्रालयले एकपटक गरिसकेको सरुवामा व्यापक फेरबदल गर्दै सरुवालाई अन्तिम रूप दिएको छ । यसअघि पनि मन्त्री श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि कर्मचारीसँग १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - ०६:२९:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology