Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बलात्कार आरोपितको पशुपतिमा महायज्ञ

बलात्कार आरोपितको पशुपतिमा महायज्ञ

दैनिकी न्यूज

१२, श्रावण २०७९
बलात्कार आरोपितको पशुपतिमा महायज्ञ
images

काठमाडौं । पशुपति मन्दिरमा चलिरहेको 'अतिरुद्र महायज्ञ' मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले 'बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ' भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो।

उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो। 'सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान' नामक संस्थाले महायज्ञ आयोजना गरेको हो । जसका मुख्य पात्र 'सिद्धबाबा' का नामले परिचित कृष्ण गिरी हुन् । उनीमाथि बलात्कारको आरोप छ। सुनसरीको चतराधाम आश्रममा बस्ने सिद्धबाबाविरुद्ध एक महिलाले जबरजस्ती करणी (बलात्कार) को आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार २०७६ कात्तिक ३ गते राति उनीमाथि सिद्धबाबाले बलात्कार गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७९ बिहिवार - ०६:१८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology