Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज कोरोनाबाट थप २ जनाको मृत्यु, ३४७ जनामा कोरोना संक्रमण पुष्टि

आज कोरोनाबाट थप २ जनाको मृत्यु, ३४७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, श्रावण २०७९
आज कोरोनाबाट थप २ जनाको मृत्यु, ३४७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

गत सोमबारपछि पहिलो पटक कोरोना संक्रमितले ज्यान गुमाएका हुन्।

आइतबार ३४७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरूमध्ये ३०३ जनाको पिसिआर र ४४ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न आवश्यक मापदण्डको पालना गर्न अनुरोध गरेको छ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - २०:२४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology