Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी भित्रको अन्तरघाती को हो ? छानबिन गर्न बन्यो समिति

माओवादी भित्रको अन्तरघाती को हो ? छानबिन गर्न बन्यो समिति

दैनिकी न्यूज

२६, आषाढ २०७९
माओवादी भित्रको अन्तरघाती को हो ? छानबिन गर्न बन्यो समिति
images

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमाथिको अन्तर्घात छानबिन थालेको छ ।

पेरिसडाँडास्थित माओवादी केन्द्र केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी समिति बैठकले उम्मेदवारमाथि भएको अन्तर्घात छानबिन गरी कारबाही सिफारिस गर्न छानबिन समितिसमेत गठन गरेको छ ।

माओवादी केन्द्र प्रवक्ता कृष्णबहादुर महराका अनुसार अनुशासन आयोग अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहनेगरी तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

तीन सदस्यीय छानबिन समिति गठन

‘पार्टीकै उम्मेदवारलाई निर्वाचनमा हराउने काम भयो, कतिपय केन्द्रीय सदस्यकै विरोधमा कारबाही गर्नुपर्ने माग गर्दै निवेदन परेको छ,’ प्रवक्ता महराले भने, ‘आफ्नै पार्टीका उम्मेदवारलाई हराउने काम गर्ने अन्तर्घातीलाई कारबाही गर्नुपर्ने आवाज पार्टीभित्र उठेकाले समिति गठन गरेका हौं ।’

स्थायी समिति सदस्य गणेश शाह अन्तर्घातीलाई कारबाही नगरिए ‘आगामी निर्वाचनमा समेत नराम्रो प्रभाव पर्ने निश्चित रहेको’ दाबी गर्छन् । स्थानीय कमिटीको माग तथा अनुरोधका आधारमा छानबिन समिति गठन गरिएको बताउ“दै उनले ‘आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउन समितिले गम्भीर अनुसन्धान गर्ने’ उल्लेख गरे । ‘पार्टीभित्रै केही नेताको अराजक गतिविधि बढेकाले छानबिन आवश्यक परेको हो,’ शाह बताउँछन् । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - ०९:१६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology