Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ११३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ११३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२२, आषाढ २०७९
आज देशभर ११३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९० र एन्टीजेन परिक्षण गर्दा २३ गरी जम्मा ११३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ९४ हजार ४० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४७१ जना रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - २२:३३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology