Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सूचना माग्ने हकबाट वञ्चित भएमा महासंघ ललितपुरलाई सम्पर्क गर्न आग्रह

सूचना माग्ने हकबाट वञ्चित भएमा महासंघ ललितपुरलाई सम्पर्क गर्न आग्रह

दैनिकी न्यूज

२२, आषाढ २०७९
सूचना माग्ने हकबाट वञ्चित भएमा महासंघ ललितपुरलाई सम्पर्क गर्न आग्रह
images

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले ऐनले तोकेबमोजिम माग्न पाउने सुचनाको हकबाट जोकोही व्यक्ति वञ्चित भएमा आफूहरुलाई तत्काल सम्र्पक गर्न आग्रह गरेका छन् ।

महासंघ केन्द्रीय कार्यालय तथा राष्ट्रिय सूचना आयोग काठमाडौँले मंगलबार ललितपुरमा आयोजना गरेको ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले सरकारी संघ संस्थाले गरेका काम जनहितकारी हुन्छ वा हुँदैन सो कुरा पत्ता लगाउन विभिन्न जानकारी बाहिर आउन जरुरी भएको बताए । उनले भने, “पत्रकारका लागि सूचना माग्ने र पाउने हक सबैभन्दा ठूलो कार्य रहेकाले कसैलाई सूचना दिने र कसैलाई नदिने प्रवृति मुलुकमा व्यापक रहेकाले सबैले सम्मान रुपमा पाउनुपर्छ ।” सम्बन्धीत व्यक्तिले सूचना पाउने वातावरण बनाउन महासङ्घले सहकार्य गरीदिने उनको भनाइ छ ।

यसैगरी महासंघ काठमाडौँ शाखा अध्यक्ष सूर्य सुवेदीले सूचनाको हक सम्बन्धी कार्यक्रम मात्र पत्रकारिता गरेको व्यक्तिका लागि मात्रै सिमित नगराएर गाउँ गाउँका नागरिकबीच सो कुराको जानकारी गराउनुपर्ने औँल्याए ।

महासंघ केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले पत्रकारले सूचना लिएर जनतामाझ पु¥याउने पुलको काम गर्ने भएका बताउँदै सो व्यक्तिले पाउनुपर्ने सूचना नपाएमा सदैव महासङ्घको ढोका ढकढकाउन आग्रह गरे ।

अर्का महासंघ केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले स्थानीय तहहरुले सूचना माग्दा नदिने गरेका गुनासो सुन्दै आएको सुनाउँदै सो निकायमा सुचनाको हकसम्बन्धी ज्ञान छर्न अतिनै जरुरी भएको आवश्यकता ठहराए ।

महासंघ केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार वा आम नगरिकले राष्ट्रिय सुरक्षा खलबलाउने बाहेकका ऐनले तोकेको सूचना माग्न पाउने हक भएको जानकारी गराउँदै समाचार लेख्नमा प्रकृयागत रुपबाट अघि बढ्दा कसैले पनि हकबाट पर रहन नहुने जिकीर गरे ।

महासंघ केन्द्रीय महासचिव रोशन पुरीले मुलुकका सरकारी संयन्त्रहरुबाट सूचना लुकाउने काम भइरहेको जानकारी गराउँदै सो कुरा अन्त्य गराउन महांघका साथै नागरिक पनि लाग्नुपर्ने सुझाव दिए ।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०७:२३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology