Logo

सोमवार, श्रावण २५ गते २०८३

images

थप ४० जनामा कोरोना सङ्क्रमण

थप ४० जनामा कोरोना सङ्क्रमण

दैनिकी न्यूज

२०, आषाढ २०७९
थप ४० जनामा कोरोना सङ्क्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार १० जनाको नमुना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १९ जना निको भएसँगै अब नेपालमा तीन सय ३८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

यस्तै थप एक लाख ४४ हजार ६ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०७९ सोमवार - २१:१८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology