Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महोत्तरीमा १९ तोला सुन चोरी

महोत्तरीमा १९ तोला सुन चोरी

दैनिकी न्यूज

१२, आषाढ २०७९
महोत्तरीमा १९ तोला सुन चोरी
images

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्।

स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

मिश्रको परिवार असार ६ गते बिबाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए। सोही बेला घरमा भएका गहना, ल्यापटप र मोबाइल चोरी भएको हो।

घरको ताल्चा फुटाएर चोरी गर्ने समूहको खोजी भइरहेको महोत्तरी प्रहरीले बताएको छ।

images
प्रकाशित मिति :आषाढ १२, २०७९ आइतवार - १०:१२:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology