Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बलात्कार मुद्दामा हदम्याद हटाउन संशोधन प्रस्ताव

बलात्कार मुद्दामा हदम्याद हटाउन संशोधन प्रस्ताव

दैनिकी न्यूज

७, आषाढ २०७९
बलात्कार मुद्दामा हदम्याद हटाउन संशोधन प्रस्ताव
images

काठमाडौं । सत्ताधारी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासहित काँग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

मूल ऐनको दफा २२९ मा संशोधन गरी जबरजस्ती करणीजस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको व्यवस्था हटाउनु पर्ने काँग्रेस सांसदहरूको संशोधन प्रस्तावमा उल्लेख छ भने यसअघि दर्ता भएको पाण्डे समूहको प्रस्तावमा पनि सोही आशय व्यक्त गरिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - ०६:३९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology