काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ३७६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
दुई हजार १२० जनाको पिसिआर र एक हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०७ जना सक्रिय संक्रमित छन्।
९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।