Logo

सोमवार, श्रावण २५ गते २०८३

images

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

दैनिकी न्यूज

२३, जेठ २०७९
केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद
images

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।

नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन्। नेकपा एसको आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले यो निर्णयलाई अन्यथा नलिईकन अन्य साथीलाई पनि सरकारमा पालो दिनुपर्ने बताएका थिए । मन्त्री खतिवडाले भने अहिले नै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको र मन्त्री पद आलोपालो प्रणालीमा चल्ने विषय नभएको बताएका थिए। तर अध्यक्ष नेपालले उनको कुरा सुनेनन् । उनले पार्टीले सरकारमा नयाँ मन्त्रीका रूपमा पठाउन लागेका नेताहरूलाई इज्जत राखेर काम गर्न निर्देशन दिएका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०६:२०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology